मकवानपुरकी घलान पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले २० किलो ५०० ग्राम लागूऔषध गाँजासहित बिहिबार एक महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने २३ वर्षीया ममिता घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, घलानलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मनहरी–९ खरंगास्थित पूर्व–पश्चिम राजमार्ग सडकको पेटी छेउमा रहेको घुम्ती पसलमा लुकाईछिपाइ राखेको उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।
