जुवा खेलिरहेको अवस्थामा हेटौंडाका ३ सहित ६ जना पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र २५, शुक्रबार १७:२३

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगद १ लाख ३२ हजार ३९० रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बिहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित दिपक श्रेष्ठको घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा नगदसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा थाहा नगरपालिका वडा नंबर ६ बस्ने २१ वर्षीय डेनी भट्ट, हेटौंडा उपमहानगरपािलका वडा नंबर १६ बस्ने ६० वर्षीय इवनाथ दंगाल, हेटौंडा १५ बस्ने ३५ वर्षीय आलोक स्याङतान, सोही वडाका ६७ वर्षीय रामसरण थापा, मनहरी गाउँपालिका वडा नंबर ६ बस्ने ४४ वर्षीय वासु उप्रेती र चितवन भरतपुर १० बस्ने ३८ वर्षीय चुडामणी सेढाई रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।