अफ्ताब आलमको मुद्धा हेर्न नमिल्नेमा
काठमाडौँ । थुनामा रहेका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्धामा शुक्रबार पनि सुनुवाई नहुने भएको छ ।
रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका उनले थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै रिट निवेदन दिएका थिए । उनको रिटमाथि न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढेको थियो ।
तर न्यायाधीश फुयालले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च प्रशासनले बताएको छ ।
बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी हाल नख्खु कारागारमा छन् । उनले गत वर्ष नै साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
