पूर्वमन्त्री आफ्तावका भाइ प्रहरीको नियन्त्रणमा
काठमाडौं । नेपाली काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई रौतहट ल्याइँदै गरेको उच्च स्रोतले जानकारी दिएको छ । उनलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ ।
०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् ।
