अफताव प्रकरणः इँटाभट्टाका हेड मिस्त्री पक्राउ

तु खबर संवाददाता
२०७७ आश्विन १७, शनिबार १४:४२

काठमाडौं । काँग्रेस नेता अफताव आलमसँग मिलेर रौतहटमा दर्जनबढीलाई जिउँदै जलाएको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

बारा सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो। उनी इँटाभट्टाका हेड मिस्त्री हुन्।

सहनीलाई प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका–७ स्थित नेपाल–(भारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

अफताव आलम र महताब आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो।

पहिलो संविधानसभा निर्वाचनको चुनावलाई लक्षित गरी २०६४ साल चैत २७ गते रौतहट साबिक फरदहवा गाविस–४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो। सो विस्फोटमा तीन जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए।

ती घाइतेलाई नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइएको थियो। सो घटनामा अफताव पुर्पक्षका लागि कारागार चलान भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*