मकवानपुरमा थपिए १५ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा विहिबार १५ जना कोरोनाका संक्रमित विरामी थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ८० जनामा पिसिआर र ३०२ जनामा गरिएको एन्टीजेन परीक्षणमा क्रमशः १४ जना र १ जनामा गरी थप १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा सबैभन्दा बढी ११ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि ३ जना मकवानपुरगढी गाउँपालिका भित्रका र एक जना थाहा नगरपलिका भित्रका रहेका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लामा हाल ३ सय १२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६३ जनाको मृत्यु भएको छ ।
