बागमती प्रदेश : मन्त्री र राज्यमन्त्रीको नाम टुंगियो, केही बेरमा सपथ गराइँदै

तु खबर संवाददाता
२०७८ भाद्र २३, बुधबार ११:५२
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।

उनले बुधबार ५ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिएका छन् ।
यद्यपी उनले मन्त्री र राज्यमन्त्री को–को भए भन्नेबारे खुलाएका छैनन् ।

केही बेरअघि बसेको मन्त्रिपरिषद बैठकले मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले केही बेरपछि नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई सपथ गराउने प्रमुख सचेतक निरौलाले बताए ।

बागमती प्रदेशमा हाल दुई सदस्यीय मन्त्रीमण्डल छ । केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका छन् ।

यसअघि सामाजिक विकासमन्त्री कृष्णप्रसाख खनालले राजीनामा दिएका थिए । उनले माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरे संगै मन्त्री पदबाट राजीनामा दिएका थिए ।