पछिल्लो २४ घण्टामा १८९७ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ भाद्र २१, सोमबार १७:०३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका १ हजार ८ सय ९७ कोरोनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ६ सय ९ पीसीआर र ४ हजार ३ सय ७० जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ७ लाख २८ हजार ९ सय २८ जना कोरोनामुक्त भएका छन् भने १० हजार ८ सय ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ अजार ७ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, हाल देशभर ३० हजार ९ सय ७३ जना सक्रिय संक्रमित छन्। जसमध्ये २८ हजार ९ सय ११ जना होम आइसोलेसन र २ हजार ६२ जना संस्थागत आइसोलेसनमा छन्। २६० जना क्वारेन्टाइन, ५ सय १२ जना आइसीयू र १ सय ६३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।