शाक्य र आचार्यले एकीकृत समाजवादी रोजे मुख्यमन्त्री पद जोगिन्छ – झाँक्री

तु खबर संवाददाता
२०७८ भाद्र १९, शनिबार १६:०६
file-photo

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले क्रमश प्रदेश नं १ र बागमती प्रदेशको मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यले एमाले परित्याग गरेमा पद सुरक्षित रहने बताएकी छिन् ।

उनले आचार्य र शाक्यले एकीकृत समाजवादी रोजेमा उनीहरुलाई नै विश्वासको मत दिने बताएकी हुन् ।

शनिबार विराटनगरमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले यी दुवै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने दावी गरिन् ।

दल छान्ने समय २३ गतेसम्म रहेको भन्दै उनले मुख्यमन्त्री आचार्य र शाक्य एमालेमै रहे अल्पमतमा परेर पद गुमाउनुपर्ने पनि बताइन् ।

माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि प्रदेशमा माधव पक्षको नेतृत्व सम्हाल्दै आएका आचार्य र शाक्य हुवैलाई एमालेले मुख्यमन्त्रीको अफर दिएको थियो ।

माधव पक्षको नेतृत्व सम्हाल्दै आएका नेताहरुलाई एमालेमै मुख्यमन्त्रीको अफर दिइएको भएपनि एकीकृत समाजवादी आधिकारिक रुपमा दर्ता भएसंगै आचार्य र शाक्य दुवै अल्पमतमा परेका छन् ।