पछिल्लो २४ घण्टामा २२७४ कोरोना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ ।
तीमध्ये हालसम्म १० हजार ८ सय ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७ लाख २३ हजार ४ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
देशभर पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७ लाख २३ हजार ४ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् ।
