नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा पोखरेल

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार १५:३१

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् ।

मकवानपुर जिल्ला भेला तथा रुपान्तर कार्यक्रमले पोखरेलको संयोजकत्वमा २५५ सदस्यीय जिल्ला कमिटि घोषणा गरेको हो ।

यस्तै, पार्टीको उपाध्यक्षमा मिना लामा र सचिवमा विष्णु दाहाल चयन भएका छन् ।

नेकपा एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्व रहने गरी गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।