मकवानपुरका थिङ पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार ०७:३७
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले वन मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७५ साल चैत्र २७ गतेको फैसलाले वन मुद्दामा ३ लाख ५७ हजार ४ सय ६० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ६ बस्ने सागर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, थिङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।