करणी गरेको आरोपमा दुई जना पक्राउ
उदयपुर । प्रहरीले उदयपुरबाट करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण नगरपालिका(११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन् ।
प्रहरीका अनुसार, पक्राउ परेका राईमाथि १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ भने ताम्राकारमाथि २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
