पछिल्लो २४ घण्टामा २२९५ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ भाद्र १४, सोमबार १७:५१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २ सय ३३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय २ जना र ४ हजार ३ सय ४१ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज देशभर १ हजार ८ सय ८ जना संक्रमणमुक्त भएका छन् भने १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३३ हजार ३ सय ३३ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ५ सय ४१ संक्रमित छन् भने ५ सय ६८ जना आइसियुमा र १ सय ६० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३३८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।