थप २२६० जना कोरोना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार १७:४८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा थप एक हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २ सय ९७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय १४ र ३ हजार ३८ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् भने २४ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३५ हजार ७ सय ९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ७४४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा तीन हजार ५२ संक्रमित छन् भने ६२५ जना आइसियुमा र १६७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३४३जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।