थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र १२, शनिबार १६:३७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ४०९ पीसीआर र ३ हजार ७६७ जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुमा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कूल संख्या ७ लाख ५८ हजार ८ पुगेको छ । तीमध्ये ३६ हजार ८६६ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ।

यस्थै, उक्त अवधिमा २७ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १० हजार ६९० पुगेको मन्त्रालयले जनाएको छ ।

हाल ३३ हजार ८३५ जना होम आइसोलेसन र ३ हजार ३१ जना संस्थागत आइसोलेसनमा छन्। ३४६ जना क्वारेन्टाइन, ६१५ जना आइसीयू र १७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।