जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
बारा । बारा प्रहरीले १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्वर १८ मोतिसर बस्ने बर्ष २१ को सुजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नाबालिकालाई विगत ८ महिनादेखि ललाई फकाई जबरजस्ती करणी गर्दै आएको र करिब ७ महिनाको गर्भवती बनाएको अभियोगमा प्रहरीले उनलाई बिहिबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
