बाढीपहिरोका कारण भएको क्षतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बस्दै

तु खबर संवाददाता
२०७८ भाद्र ११, शुक्रबार १५:३०

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अविरल वर्षाका कारण आएको बाढीपहिरोले भएको क्षतिबारे छलफल गर्न बैठक बोलाएका छन् । बैठक गृह मन्त्रालयमा बस्ने भएको हो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल सहभागी हुने गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार, बैठकमा बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोको क्षति र आगामी रणनीतिबारे छलफल हुनेछ ।

बैठकमा गृह मन्त्रालयको विपद् ब्यवस्थापन महाशाखाका प्रमुख पनि सहभागी हुनेछन् ।