हेटौंडाका न्यौपाने पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र १०, बिहीबार ०८:०१
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले चेक अनादर मुद्दामा फरार हेटौंडाका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने ३८ वर्षीय पुस्कल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७६ साल जेठ १ गतेको फैसला लेचेक अनादर मुद्धामा रु २ हजार जरीवाना तोकएका फरार प्रतिवादी न्यौपानेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

हेटौंडा–१० बाट पक्राउ परेका उनलाई जरीवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएको छ ।