पछिल्लो २४ घण्टामा २४८२ जना संक्रमित, ४४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरका प्रयोगशालामा गर्दा १५ हजार २९० जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
्
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १० हजार ६१२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, २४ घण्टामा देशभर १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको दर ९३ दशमलब ५ प्रतिशत रहेको छ।
देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ६१० जना आइसियु र १६१ जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ३९६ जना होम आइसोलेसनमा रहेका छन्।
