कुलमानको नियुक्तिविरुद्ध दर्ता गरेको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

तु खबर संवाददाता
२०७८ भाद्र ८, मंगलवार १६:४३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदर गर्न हितेन्द्रवेद शाक्यले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले मिसिल कागज झिकाउन आदेश दिएको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रै शमशेर जबराको एकल इजलाशले मिसल झिकाउन आदेश दिएको हो ।

प्राधिकरणमा घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक शाक्यले गत भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए । भदौ २ गते पेसीमा चढे पनि उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको थियो ।

त्यसपछि मंगलबारको पेसीमा अन्तरिम आदेश जारी नभए पनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश भएको हो ।