५ दलीय गठबन्धन जोगाउन दल सम्बन्धी अध्यादेश पास हुनुपर्छ – नेता जम्मकट्टेल
मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले अहिलेको ५ दलीय गठबन्धन जनताप्रति उत्तरदायी गठबन्धन भएको बताएका छन् ।
बागमती प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका जम्मकट्टेलले ५ दलीय गठबन्धन प्रतिगमनको विरुद्ध लोकतन्त्र र संविधानको रक्षा गर्न बनेको गठबन्धन भएको स्पष्ट पार्दै दीगो सहकार्य रहने बताए ।
उनले राजनीतिक दलसम्बन्धी सरकारले ल्याएको अध्यादेश गठबन्धन टिकाउन र संविधानको रक्षा गर्न आवश्यक रहेको भन्दै अध्यादेश पारित हुनुपर्ने बताए ।
उनले अध्यादेशको विरुद्धमा कसैले आगो बाल्न चाहेका छन् भने बाल्न चुनौती दिएका छन् ।
यसैगरी नेता जम्कट्टेलले आफू मन्त्री हुने बेलामा प्रदेश सरकारले धेरै राम्रो काम गरेको र सरकारबाट आफू बाहिरिएपछि सरकारले केही काम गर्न नसकेको समेत बताए ।
