यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक काराबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको आज ७४ करोड ९७ हजार ४५६ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, दोस्रोमा नेपाल बैंक लिमिटेडको ६४ करोड ७० लाख बढीको कारोबार भएको छ ।
त्यस्तै, तेस्रोमा एचआइडिसिलको ५४ करोड ८४ लाख, चौथोमा ङादी ग्रुप पावरको ४८ करोड ४८ लाख र अपि पावरको ४७ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।




