आज सामान्य अंकले बढ्यो नेप्से, १५ अर्ब माथिको कारोबार

तु खबर संवाददाता
२०७८ श्रावण ३२, सोमबार १६:२४

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचकमा सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ७५ अंकले बृद्धि भई ३ हजार १६० दशमलव ९ विन्दुमा कायम भएको नेपाल स्कट एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

नेपाल स्कट एक्सचेन्जका अनुसार, सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये ७ समूहमा आज हरियली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहमा १५८ दशमलव ९८ अंकले बृद्धि भएको छ ।

सर्वाधिक काराबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको आज ७४ करोड ९७ हजार ४५६ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै आज ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।