बाल श्रमबाट जोगाउन सामाजिक विकास मन्त्री बस्नेतलाई ज्ञापनपत्र

तु खबर संवाददाता
२०७८ श्रावण ३२, सोमबार ०८:५८

मकवानपुर । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा परिषदको सप्ताहब्यापी कार्यक्रम अन्तरगत कोभिड–१९ संक्रमणको परिवेशमाः बालबालिकालाई बालश्रमबाट जोगाऔं, भन्ने नाराका साथ बालश्रम अन्त्यका लागि सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई र बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले संयुुक्त रुपमा सामाजिक विकास मन्त्री बस्नेतलाई मन्त्रालयका सचिव यज्ञप्रसाद ढुंगेलको उपस्थितीमा ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बागमती प्रदेश युवा परिषद्, राष्ट्रिय बाल संरक्षण संजाल नेपाल, स्वतन्त्रता अभियान नेपाल, ग्लोबल मार्च एगेन्स चाईल्ड लेबर र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा प्रस्तुत गरिएको थियो ।

ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा जिल्ला युवा समितीका अध्यक्ष शिबहरी दाहाल, नारी सीप सृजना केन्द्रका कार्यकारी निर्देशक चिरन्जिबी पौडेल, ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने, शिक्षाका लागि राष्टिय अभियानका जिल्ला संयोजक बुद्ध बिर लामा, डेक नेपालको कार्यक्रम संयोजक मान बहादुर बाईबा, माईती नेपालको कार्यक्रम संयोजक माया लामा, हिमराईट्को कार्यक्रम संयोजक कुमारी बाईबा, मामाघर नेपालको सचिव रंजीता सिलबाल, नानीमाया सापकोटा गौतम लगायतको उपस्थिती रहेको थियो ।