बकैयामा परिचय पत्रकै आधारमा विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

तु खबर संवाददाता
२०७८ श्रावण २६, मंगलवार १८:३७

मकवानपुर । अनेरास्ववियुले आफ्नो अभियान अन्तर्गत आज मकवानपुरको  बकैया गाउँपालिकामा सबै विद्यार्थीहरुलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाउन माग गरेको छ ।

अखिल केन्द्रीय सदस्य नवीन मिश्रको नेतृत्वमा विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन पालिका उपाध्यक्ष सरला बोलखेलाई पित्रसहित लगाउन माग गरेको हो ।

सरकारले सबै खालको सेवामा रहेका व्यक्तिहरु, फ्रन्टलाइनर तथा जेष्ठ नागरिक आदिलाई खोप लगाइसकेको अवस्थामा विद्यार्थी वर्गले खोप लाउन नपाएको अवस्थालाई मध्यनजर गर्दै पालिका उपाध्यक्ष बोखरेललाई पत्र बुझाएको अनेरास्ववियुका केन्दीय सदस्य मिश्रले बताए ।

यस्तै, गाउँपालिकाका उपाध्यक्ष बोलखेले पनि उक्त विषयमा पालिका पनि सकारात्मक रहेको बताउँदै आगामी साउन २८ गते पश्चात खोप कार्यक्रमहरुमा विद्यार्थीहरुलाई परिचय पत्र र नागरिकता बोकेर आएकै आधारमा खोप लगाउने वातावरण मिलाउने बताइन् ।

उनले खोप लगाउने विद्यार्थीहरुलाई सहजीकरण गर्न अनेरास्ववियु बकैयाका संयोजक मनोज सुनार र सह संयोजक बिश्वास मगरलाई अनुरोध पनि गरिन ।

खोप माग पत्र बुझाउने क्रममा अनेरास्ववियुको केन्द्रिय सदस्य नवीन मिश्र, जिल्ला कमिटी सदस्यहरु भुपेन्द्र राना, राजिब परियार, बकैया गाउँपलिका संयोजक मनोज सुनार तथा सहसंयोजक बिश्वास मगरको उपस्थिती रहेको थियो ।