ज्ञानोदय बालबाटिकाद्वारा एक दिने कार्यशाला

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार १२:३६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका संगम चोकमा अवस्थित रहेको ज्ञानोदय बालबाटिका अङ्ग्रेजी माध्यमिक विद्यालयमा एकदिने शिक्षण सिकाई तालिम सम्पन्न भएको छ ।

शनिबार ज्ञानोदय स्कुलले शिक्षणसिकाइमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई कृयाकलाप कसरी रुचिकर, बिधार्थी केन्द्रीत आधुनिक बनाउन सकिन्छ भन्ने विषयमा एकदिने तालिम सम्पन्न भएको छ ।

तालिममा विवशजंग थापाले आधारभुत तहका शिक्षकलाई प्रशिक्षण दिएका हुन् । कार्यक्रममा थापाले पेशागत विकास कसरी गर्ने र महत्वपूर्ण वेवसाईटहरुको बारेमा प्रयोग गरी देखाएका थिए ।

अनलाइन शिक्षण सिकाई क्रियाकलाप विशेषगरी कक्षा १ देखि ७ सम्म कसरी उत्कृष्ट बनाउने भनी प्रशिक्षक थापाले प्रयोगात्मक तरिकाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा १८ जना शिक्षकको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई ब्यवस्थित बनाउन बिध्यालयका निमित्त प्रधानाध्यापक आर्यन झाको बिशेष आथित्यता रहेको थियो ।

शिक्षक साथिहरुलाई अनलाइन कक्षालाई प्रभावकारी रुपमा संचालन गर्न प्रबिधिमैत्रि बनाउन आफु सदैब लाग्ने र साथिहरुले पनि आफुले जानेका सिपलाई प्रयोगमा ल्याउन बिशेष अनुरोध गरेका थिए ।

कार्यक्रममा सिकेका ज्ञान सिपलाई विद्यार्थी केन्द्रीत तरिकाले कक्षाकोठामा प्रयोगमा ल्याई प्रभावकारी ढंगबाट विद्यालयमा संन्चालन गरिने समेत जनकारी गराए ।

कार्यक्रम विद्यालयका माद्यमिक शिक्षक सुदिप बर्तौलाको संयोजकत्वमा संन्चालन भएको थियो ।