माधव पक्ष सरकारमा सहभागी हुन तयार छ –प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार पक्ष सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । उनले माधव पक्षले सरकारमा आफ्ना प्रतिनिधि पठाउने समेत बताए ।
मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेता नेपाल सरकारमा सहभागी हुन सकारात्मक रहेको ब्रिफिङ गरेका हुन् ।
मन्त्रालयको भागबण्डा र सरकारमा सम्मानजनक उपस्थितिबारे नेता नेपालसँग बुधबार पनि छलफल हुने प्रचण्डले बताएको स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच मंगलबार बिहान छलफल भएको थियो ।
