करेन्ट लागेर भारतीय नागरिकको मृत्यु
रामेछाप । करेन्ट लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
रामेछापको मन्थली नगरपालिका वडा नम्वर ८ स्थित गाइखुरामा करेन्ट लागेर भारतको मोतिहारी घर भएका अर्सद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
१८ बर्षका अर्सद गाइखुरामा रहेको एसके मोटर वर्कशपमा कार्यरत थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
