अध्यक्ष खनालद्वारा जन्मदिनमा पुस्तकालयलाई सहयोग
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले आफ्नो जन्मदिनको अवसरमा पुस्तकालयलाई सहयोग गरेका छन् ।
अध्यक्ष खनालले एक साता स्थापना गरिएको बकैया सार्वजनिक पुस्तकालयलाई १० हजार रुपियाँ सहयोग गरेका हुन् ।
पुस्तकालयलाई पुस्तक खरिद गर्ने गरी सहयोग गरिएको अध्यक्ष खनालले बताए ।
शनिबार पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्न आयोजित भेलामा सहभागी भएका अध्यक्ष खनालले आपm्नो जन्मदिनसमेत परेकोले सहयोग हस्तान्तरण गरेको बताए ।
