शसांक निवासमा लञ्च मिटिङ !
काठमाडौं । कांग्रेसको आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्ने सम्दर्भमा छलफल सुरु भएको छ ।
१४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै तयारी तीव्र पारेका छन् । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दावी गर्ने बताउँदै आएकी छन् ।
नेतृत्वमा तीनै जनाको चाहाना देखिएपछि कोइराला परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको हो ।
शनिबार दिउँसो शशांक निवास महाराजगञ्जमा शेखर, शशाक र सुजाताबीच खानासहितको बैठक शुरु भएको छ ।
