आज नेप्से १६ अंकले बढ्यो
काठमाडौं । आज नेप्से १६ अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१.०३ विन्दुमा कायम भएको हो ।
आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुका सेन्सेटिभ इन्डेक्स समेत ४.७४ अंकले बढेर ५३९. ५१ विन्दुमा पुगेको छ ।
आज नेप्से परिसूचक अधिकतम १६.३४ अंकले बढिरहँदा उता शेयर कारोबार भने साढे ५ अर्ब रुपैयाँ बराबरको मात्र भएको छ ।
आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै आज सर्वाधिक कारोबार भएको कम्पनीमा नेपाल बंगलादेश बैंक लिमिटेड रहेको छ । कम्पनीको आज ४५ करोड ४७ लाख ४७ हजार १८८ रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो ।



