बीमा समितिले नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गर्ने
काठमाडौं । बीमा समितिले नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गर्ने प्रकृया अद्धि बढाएको छ ।
बीमा समितिले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको समन्वयमा नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गर्ने प्रक्रिया अगाडि बढाएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकराी दिए ।
उनका अनुसार, समितिले आगामी एक महिनाभित्रै नयाँ लघुबीमा कम्पनीको लाइसेन्सको लागि सार्वजनिक सूचना प्रकाशन गर्ने गरी प्रकृया अगाडि बढाएको छ ।
समितिले यही असार ४ गते गठन गरेको लघुबीमा कार्यदललाई २० दिनभित्रैमा लघुबीमा कम्पनीको आवश्यकता र लघुबीमा दर्ता गर्दा अपनाउनु पर्ने विधिको प्रक्रियाको सम्बन्धमा प्रतिवेदन बुझाउन कार्यदेश दिइएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गठन गरेको उक्त कार्यदलले काम सुरु गरिसकेको छ ।



