प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट

तु खबर संवाददाता
२०८२ बैशाख २६,शुक्रबार ०८:०५

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको र साथमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल उपस्थित थिए ।

प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल भएको उल्लेख गरेको छ।

सरकारले गभर्नर पनि नियुक्ति गर्न सकेको छैन। यसअघि ओली र देउवाबीच भएको भेटवार्तामा गभर्नर नियुक्ति कहिले गर्ने भन्ने प्रशंग पनि उठेको थियो।

सरकारले गर्भनर नियुक्ति गर्न नसक्दा चौतर्फी आलोचना खेप्दै आइरहेको छ ।