निर्वाचन नै अबको निकास होः गृहमन्त्री
मकवानपुर । गृह तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निर्वाचन नै अबको निकास भएको जिकिर गरेका छन् ।
मन्त्री पौडेलले शनिबार गृहजिल्ला रुपन्देहीको बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गर्दै मन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने बताए ।
उनले सरकारले निर्वाचनमा गरेको बाचाअनुसार विकासका नयाँनयाँ काम गरेको पनि दावी गरे ।
उनले निर्वाचन अगाडि सबै नेपालीलाई खोप उपलव्ध गराउने भन्दै जनता भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने समेत दावी गरे ।
