नयाँ शक्ति विद्यार्थी युनियनका अमृत बर्तौला सहित जिल्ला कमिटि एमालेमा प्रवेश

तु खबर संवाददाता
२०७४ कार्तिक १९,आईतवार ०४:१२

हेटौंडा, १९ कात्तिक । नयाँ शक्ति नेपाल विद्यार्थी युनियनका मकवानपुर जिल्ला अध्यक्ष एवं ३ नम्बर प्रदेश अध्यक्ष अमृत बर्तौला सहितको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बर्तौला सहित यूनियनका केन्द्रीय सदस्य गिरिजा अधिकारी, जोसीना बर्तौला, राजेन्द्र कुमार मोक्तान, प्रिन्स लामा, छोईसाङ लामा, सन्देश पौडेल, सन्तोषी खतिवडा, जीवन अधिकारी, कमल विष्ट, सरोज कार्की, सफल बर्तौला सहित कमिटिका २५ जना विद्यार्थी नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले नयाँ नेपालको निर्माण गर्न स्थायी सरकारको आवश्यकता रहेको बताए । नयाँ शक्ति विद्यार्थी युनियनमा बर्तौला र अधिकारीले ठूलो फड्को मार्न सफल भएको र विद्यार्थी राजनीतिमा सक्रिय रहेको भन्दै एमालेमा होनहार विद्यार्थी नेता प्रवेश गरेकोमा खुशी लागेको बताए ।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौलाले नयाँ टिमले ठिक समयमा पार्टी प्रवेश गरेको बताए ।

आज नेकपा एमालेको जिल्ला पार्टी कार्यालय हेटौँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरिएको छ । अनेरास्ववियुका मकवानपुर जिल्ला अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला, हेटौँडा उपमहानगरपालिका उपमेयर मीना लामा, सचिवालय सदस्य श्रीधर पोखरेल, विष्णु ढकाल, देवराज रिमाल, राधिका खतिवडा, माधव तिमल्सिना, किशोर टण्डन लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*