नेपाल परिवार दलद्वारा इद पर्वको शुभकामना

तु खबर संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १४:४१

मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ‘इद उलफित्र’ को उपलक्ष्यमा सम्पूर्ण इस्लाम समुदायलाई शुभकामना दिएका छन् ।

अध्यक्ष ढकालले शुक्रबार शुभकामना सन्देश जारी गर्दै इद उलफित्रको उपलक्ष्यमा इस्लाम समुदाय र आम नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिएका हुन् ।

इद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुताको अभिबृद्धि गर्ने र सबैलाई प्रेरणा दिने उनले विस्वास व्यक्त गरे ।

कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गरी परिवारसँगै बसेर चाडपर्व मनाउन उनले आग्रहसमेत गरे ।

नेपाली समाजको एक अभिन्न अंग रहँदै आएको मुस्लिम समुदायले नेपालको शान्ति र विकासका लागि गर्दै आएको योगदानप्रति परिवार दलले उच्च कदर गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*