सहयोगी मन नेपालले खुवायो संक्रमित आमाहरुलाई फलफूल र पौष्टिक आहार
मकवानपुर । सहयोगी मन नेपालले हेटौँडा उपमहानगरपालिका वडा नम्वर –६ स्थित गौरिटार रंगशालाको आइसोलेशन कक्षमा रहेका कोरोना संक्रमित महिलाहरुलाई फलफूल तथा शक्तिबर्दक पौष्टिक आहार सहयोग उपलब्ध गराएको छ ।
आइसोलेशनमा रहेका महिला (आमा)हरुलाई मातातीर्थ औँशीको दिन परिवारभन्दा टाढा छु भन्ने अनुभूति नहोस्, उच्च मनोबल रहोस् भन्नका लगि आइसोलेशनमा नै पुगेर उक्त सामग्री हस्तान्तरण गरिएको सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौँलागाईले जानकारी दिए ।
शक्तिबर्दक ओखर, काजु, ठूलो बदाम, अंगुर, जुस तथा बिस्कुट लगायतका सामग्री आइसोलेशनमा रहेका ११ जना महिला (आमा) र बाँकी अन्य संक्रमित १९ जनालाई विरामीलाई उपलब्ध गराइएको हो ।
संस्थाका कानूनी सल्लाहकार मनमोहन ढकाल, उपाध्यक्ष दीपक तिवारी, सदस्य इन्जिनियर आनन्द खतिवडा, सदस्य विकास दर्लामीलगायतको सहभागितामा आइसोलेशनका डा. रविराज देवकोटामार्फत् सो सामग्री हस्तान्तरण गरिएको हो ।
संस्थाले यसअघि पनि विभिन्न सामाजिक सेवाको काम गर्दै आइरहेको छ ।



