बकैयामा अक्सिजनसहितको आइसोलेशन वार्ड तयार

तु खबर संवाददाता
२०७८ बैशाख २८, मंगलवार ०९:१०

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा अक्सिजनसहितको १० शैयाको आइसोलेशन वार्ड तयार गरिएको छ । जिल्लामा कोरोना संक्रमित बड्दै गएपछि गाउँपालिका वडा नं. ३ स्थित रहेको हात्तीसुँडे सामुदायिक स्वास्थ इकाईमा अक्सिजनसहितको १० शैयाको आइसोलेशन वार्ड तयार गरिएको हो ।

समाजसेवी तथा व्यवसायी श्री बुद्ध माबी हात्तीसुडेका अध्यक्षका तारा चन्द्र बजगाईंले १० थान बेड र ५ थानको अक्सिजन सहितको सिलिन्डर सहयोगमा आइसोलेशन वार्ड संचालनमा ल्याईएको हो । उनले स्यानिटाइजर, माक्स लगायत अन्य स्वास्थ सामाग्री पनि सहयोग गरेका छन्।

अक्सिजनसहितको आइसोलेशन वार्डको बकैंया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले उद्घाटन गरेका थिए । आइसोलेशन वार्ड संचालका लागि आवश्यक अनुसार स्वास्थ्यकर्मीको ब्यवस्था गर्ने बताउँदै उनले अक्सिजन सहितको आइसोलेशन वार्ड संचालनको लागि स्वास्थ्य सामाग्री सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ब्यक्त गरे ।

हात्तीसुँडे सामुदायिक स्वास्थ इकाईमा हाल चार जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । आइसोलेसन वार्ड संचालनको लागि वडा नं.३ का वडाध्यक्ष दिल बहादुर बोम्जन लगायतले बिशेष पहल गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक फटिकरमन प्याकुरेल, प्राथमिक स्वास्थ्य चौकीका प्रमुख युवराज पाण्डे, सामुदायिक स्वास्थ इकाईका प्रमुख कृष्ण लामा जिम्बा लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*