देशभरका ५ सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ५ सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघका अनुसार देशभर हालसम्म ५ सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
कुल कोरोना संक्रमितमध्ये हाल २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको महासंघले सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ ।
महासंघले यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारलाई आग्रह गरेको छ ।