संविधानको रक्षा गर्न पत्रकार एकजुट हुनुपर्छ – पूर्वमन्त्री भट्टराई

तु खबर संवाददाता
२०७७ फाल्गुन १७, सोमबार ११:४९
file-photo

मकवानपुर । प्रेस संगठन नेपालको इन्चार्ज एवम् पूर्वमन्त्री योगेश भट्टराईले संविधानको रक्षाका लागि सबै पत्रकार एकजुट हुनुपर्ने बताएका छन् ।

हेटौँडामा आयोजित प्रेस संगठन नेपाल बागमती प्रदेशको दोस्रो भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री भट्टराईले राज्यबाटै संविधानमाथि प्रहार भइरहेको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको पक्षमा लागिपर्न प्रेस संगठनलाई आगह गरे ।

‘केही पत्रकार साथीहरु प्रतिगमनलाई साथ दिँदै संविधानमाथि प्रहार गर्नेसंग मिल्नुभएको छ ।उहाँहरुले जनताप्रतिको उत्तरदायीत्व एकपटक सम्झनु पर्छ ।’ उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको बलिदानीबाट प्राप्त संविधानमाथि प्रहार गरेको भन्दै चर्को आलोचनासमेत गरे ।

प्रतिनिधिसभा संसद् विघटन बदर गर्ने फैसला गरेकोमा सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै उनले न्यायालयप्रति जनताको भरोसा र विश्वास बढेको उल्लेख गरे ।

‘ओलीले संविधानमाथि ‘कु’ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत धरापमा पार्न खोजेको भएपनि न्यायालयले त्यसो हुन दिएन । जनतालाई कानूनी राज्यको महशुस भएको छ ।’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*