संसद विघटन मुद्दामा मंगलबार बहस नहुने
काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दामा भोलि मंगलबार बहस नहुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने बताए ।
अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ ।
