संसद विघटनविरुद्ध १३ गते देशैभर आन्दोलन गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले पुस १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
संसद विघटनविरुद्ध देशैभर चौतर्फी आलोचना भाइररहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते आइतबार मन्त्रीपरिषद्मा संसद विघटनको सिफारिस गरेसँगै राष्ट्रपटि विद्यादेवी भण्डारीले पनि सोही दिन २०७८ साल बैशाख १७ र २७ गते अर्को निर्वाचनको मिति तय गर्दै संसद विघटनाको सिफारिस गरेका थिए ।
