ओलीको अभिष्ट कदमपछि नेकपा बैठक अन्योलमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक अन्योलमा परेको छ । संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्तावपछि आजका लागि बोलाइएको नेकपा बैठक अन्यौलमा परेको हो ।
५ वर्षे कार्यकाल रहेको संसद् संविधानविपरित विघटनको प्रस्ताव गरेपछि अहिले नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेताहरु क्रमशः माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
गत पुस १ गते बसेको नेकपा स्थायी समिति बैठकले पुस ५ गते अर्को बैठक बस्ने मिति तय गरेको थियो । तर, आज बिहान बसेको मन्त्रीपरिषदमा संसद विघटन गर्न ओलीले सिफारिस गरेपछि नेकपा बैठक अन्योलमा परेको हो ।
