राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

तु खबर संवाददाता
२०८२ चैत्र २५, बुधबार २२:४२
file-photo

राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार, चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तय भएको जानकारी दिए ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधन सम्बन्धी व्यवस्था छ ।