जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदन सरकारलाई बुझाउने तयारी
काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ ।
जाँचबुझ आयोगले प्रतिवेदनको रुजु गर्ने कार्य गइरहेकाले भोलिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिएको छ । जेन जी आन्दोलनसँग सम्बन्धित प्रतिवेदन निर्वाचन अगाडि नै सरकारलाई बुझाइने बताइए पनि त्यसो हुन सकेन । अन्तिम समयमा समय अभाव भएको भन्दै कार्की नेतृत्वको सरकारले समितिको म्याद थप गरेको थियो ।
निर्वाचनको परिणाम आउँदै गर्दा छानबिन समितिको प्रतिवेदन बुझाउने तयारी भइरहको हो । प्रधानमन्त्री कार्कीले यो समितिको मात्रै होइन, अन्य छानबिन समितिको प्रतिवेदन पनि सार्वजनिक गरिने बताएकी छिन् ।
जने जी आन्दोलनका क्रममा भएको घटना, घटना दबाउन भूमिका निर्वाह गर्ने व्यक्तिहरु लगायतको विषयमा छानबिन समितिले विभिन्न व्यक्तिहरुसँग बयान लिएको थियो । अब यससँग सम्बन्धित विषयमा सरकारलाई कारवाहीको लागि सिफारिस गर्नेछ ।
