कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं – नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आव्हानपछि विशेष महाधिवेशनको तयारीका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपरान्ह ४ बजे बैठक बोलाएका छन्। बैठक सानेपास्थित पार्टी मुख्यालयमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि खबर गरिएको छ। यसअघि पार्टीले बुधबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिसँग नभएको स्पष्ट पारेको थियो।विशेष महाधिवेशनका पक्षधरले पत्रकार सम्मेलन गरी आह्वान गरेका थिए भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आफ्नो वक्तव्य मार्फत विशेष महाधिवेशनको माग उठाएका थिए।
बैठकले आगामी महाधिवेशनको तयारी, कार्यक्रम तालिका र पार्टीभित्रको समन्वयबारे निर्णय गर्ने जनाईएको छ।


