वातावरणीय चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य : एन्डरसन

तु खबर संवाददाता
२०८२ मंसिर २६, शुक्रबार ०६:३०
Photo Credit-UNEP

संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इङ्गर एन्डरसनले वातावरणीय चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्यलाई जोड दिएकी छिन् । केन्याको नैरोबीमा आयोजित संयुक्त राष्ट्रसंघ वातावरण सभाको सातौँ सत्रलाई  केन्याको राजधानी नैरोबीमा सम्बोधन गर्दै कार्यकारी निर्देशक एन्डरसनले वातावरण विकाससँग मात्र जोडिएको विषय नभई शान्ति, समृद्धि, आर्थिक वृद्धि र स्थिरताको जग भएको बताइन् ।

स्थिर जलवायु, स्वस्थ जैविक विविधता, र प्रदूषणमुक्त ग्रहले हरेक राष्ट्र, शहर र व्यक्तिलाई फाइदा पुर्‍याउँछ, उनले भनिन् । स्वस्थ प्रकृति र प्रदूषणमुक्त विश्वमा गरिने लगानीले ठूलो आर्थिक लाभ दिने, लाखौं असामयिक मृत्युबाट बचाउने र सयौं मिलियन मानिसहरूलाई गरिबी र भोकबाट मुक्त गर्ने अवसर पनि प्रदान गर्दछ, उनले सम्बोधनमा भनिन् । उनले विकासका फाइदाहरू कायम राख्दै अतिवृष्टि, खडेरी र प्रदुषण जस्ता विनाशकारी नकारात्मक परिणामहरूलाई टार्न विश्वव्यापी सन्तुलन कायम गर्न सबैलाई आग्रह गरिन् ।

दिगो समाधानहरू किन महत्त्वपूर्ण छन् भन्नेमा जोड दिँदै उनले हरेक राष्ट्र, शहर, व्यवसाय र व्यक्तिले स्थिर जलवायु, फस्टाउँदो जैविक विविधता, स्वस्थ जमिन र प्रदूषणमुक्त ग्रहबाट फाइदा लिने बताइन् ।