बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पदभार ग्रहण गरेका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् ।
असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो । नेपाली बीमा क्षेत्रको नियमनलाई कानुनको दायरामा रही पूर्ण रुपमा सक्रिय बनाएर समग्र बीमा उद्योगलाई व्यवस्थित र पारदर्शी बनाउन आफु अग्रसर रहेको समेत उने बताएका छन् ।