कवि तुल्सीराम फुल्लेलको कृति मरुभुमिको फूल सिलोङमा विमोचन

भारत । साहित्य एकेडेमी, नयाँ दिल्ली र नेपाली साहित्य परिषद, सिलोङको संयुक्त आयोजनामा साहित्यकार गोपीनारायण प्रधानका कृति तथा योगदानमा आधारित विचार गोष्ठी गाडीखाना, सिलोङमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता साहित्यकार हेम जोशीले गरेका थिए । यस अवसरमा कवि तुल्सीराम फुल्लेलको दोस्रो कृति ‘मरुभूमिको फूल’ को समेत विमोचन गरिएको छ । दार्जिलिङका साहित्यकार डा. चन्द्रकुमार राईको प्रमुख उपस्थितिमा सो कृतिको विमोचन गरिएको थियो। सीमापार बसेर निरन्तर नेपाली साहित्य सिर्जनामा सक्रिय कवि फुल्लेल अर्घाखाँचीका स्थायी बासिन्दा हुन् । लामो समयदेखि भारतको सिलोङस्थित सिलोङ कलेजमा कार्यरत रहँदै आएका उनी विभिन्न संघसस्थासित समेत आवद्ध छन् ।
कार्यक्रममा प्रख्यात नेपाली लेखक डा. जीवन नामदुङ, नेपाली परामर्श समितिका सदस्य प्रेमचन्द्र प्रधान, राम शाह, पूर्व सदस्य ज्ञानबहादुर क्षेत्री, चन्द्रमणी अधिकारी, वरिष्ठ साहित्यकार डा. सुकाराज दिपाली, कोसेली पत्रिकाका पूर्व सम्पादक सूर्यप्रसाद अधिकारी, डा. टेकनारायण उपाध्याय, बीबीएस कलेज नेपाली विभाग, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।